कपिलवस्तु १२ माघ ।
शिवराज नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरूका लागि बैंकिङ्ग घुम्ती शिविर संचालन गरेको छ ।
जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिको समस्यालाई मध्यनजर गर्दै स्थानीय स्तरमै सहज र छिटोछरितो सेवा सुविधा पुर्याउने उद्देश्यले नगरले बैंकिङ्ग घुम्ती शिविर संचालन गरेको हो । बैंकहरूको समन्वयमा यही माघ ९ गते सोमबारदेखि पहिलो पटक बैंकिङ्ग भत्ता घुम्ती शिविर संचालन गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दीपक खड्काले बताउनुभयो । माघ १२ गते विहीबार एकैसाथ ४ ओटा वडाहरूमा शिविर संचालन गरिएको खडकाले जनाउनुभयो । उहाँका अनुसार बिहीबार वडा नं. ३, ४, ८ र ९ नं. वडामा पहिलो दिन बैंकिङ्ग शिविर सम्पन्न भएको छ ।
नगरका ११ वडालाई ११ ओटा बैंकसँग सहकार्य गरेर शिविर संचालन गरिएको छ । प्रत्येक वडामा दुई दिने शिविर आयोजना गरिंदै आएको खडकाले बताउनुभयो ।