मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत


कपिलवस्तु:सबै प्रकारका बिभेदको अन्त्यका लागि महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कपिलवस्तु चन्द्रौटामा स्वागत गरिएको छ ।

सोमबार चन्द्रौटामा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे, ब्यापार सघंका अध्यक्ष महादेव पोख्रेल, समाजसेवी तथा युवा नेता रहिस शाह, दलित अधिकारकर्मी तथा नेता चिन्ता परियार, मिना परियार, सन्जिव गहतराज, ब्यापार सघंका महासचिव गोपाल बन्जाडे, समाजसेवी सुवास जयसवाल अन्य विभिन्न संघसंस्थाहरुद्धारा महाकाली मेची अभियानमा हिँडेका महिला पत्रकारलाई स्वागत गरिएको हो ।

जातीय भेदभाव निराकरण गर्ने सन्देश फैलाउने र चेतना जगाउने उद्देश्यले महाकाली मेची अभियानमा निस्कनुभएका महिला पत्रकारहरू रीता बुढाथोकी, इन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीलाई चन्द्रौटामा स्वागत गरिएको चिन्ता परीयारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

ताजा समाचार