शिवराज नगरपालिका एक्सनमा आफिस समयमा किल्निक संचालनमा रोक केहीदिन देखि शिवराज नगरपालिकाको स्वास्थ्य माथी खेलवाड विषयले चर्चा पाइरहदा नगर प्रमुख अजय थापाको अध्यक्षतामा बसेको स्वास्थ्य कर्मीहरुको बैठकले शिवराज नगरपालिका अन्तर्ग स्वास्थ्य संस्थामा कार्यरत कुनै पनि स्वास्थ्यका कर्मी विहाना १० बजे देखि बेलुका ५ बजे सम्म निजि किल्निक फार्मेशी संचालनमा रोक लगाएको छ । कुनै पनि स्वास्थ्य कर्मीले कार्यालय समय वाहेक निजि किल्निक र फार्मेसी संचालन गर्दा नगर कार्यपालिकाको पूर्व स्वीकृत लिनु पर्ने निर्णय गरेको छ । बैठकले यहि मिति २०८० जेष्ठ महिनाको ८ गते देखि जेष्ठ नागरिकको घरमा स्वास्थ्य कर्मी भन्ने नारा सहित स्वास्थ्य सेवा संचालन गर्न निर्णय गरेको छ ।
शिवराज नगरपालिकाले एउटा सूचना जारी गरि स्वास्थ्य संस्था दर्ता तथा स्वीकृत बिना संचालनमा रहेको गुनासो आएपछि स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७६ को दफा २२ र नेपाल सरकारको जन स्वास्थ्य सेवा ऐन २०७५ को दफा २१ बमोजिम स्थानीय तहले तोकिएको मापदण्ड पुरा गरि स्वीकृत लिन सूचना मार्फत जनाएको छ ।
नगरपालिकाले एक महिनाको समय राखि नगर कार्यपालिकामा निवेदन पेश गर्नु पर्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए । पालिकाले सूचना उलघंन गरि वा अनुमती बिना स्वास्थ्य संस्था संचालन गरेको पाईएमा पालिकाको कानुन बमोजिम कार्वाहि गरिने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।